चितवनमा गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु
काठमाडौं । चितवनको राप्ती नगरपालिकामा गएराति गाडीले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ।
हेटौँडादेखि नारायणघाटतर्फ आउँदै गरेको म.प्र.०३–००१ ख ०५५५ नम्बरको ईभी भ्यानले राति ११ बजेतिर राप्ती नगरपालिका-१ स्थित पिप्लेमा ठक्कर दिँदा राप्ती-२ का २८ वर्षीय सन्दीप रुवालीको मृत्यु भएको हो।
भ्यानको ठक्करबाट गम्भीर घाइते भएका सन्दीपलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको थियो। चिकित्सकले राति सवा १२ बजे उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment