काठमाडौंको हावा उच्च जोखिमयुक्त, बन्यो विश्वकै १०औं प्रदूषित सहर

डिसी नेपाल
२२ मंसिर २०८१ ११:३६
172
Shares

काठमाडौं । काठमाडौं विश्वकै १०औं प्रदूषित सहर बनेको छ। आईक्यू एयरको शनिबार बिहान साढे ९ बजेको मापनअनुसार काठमाडौं विश्वकै शीर्ष १० प्रदूषित सहरको सूचीमा पुगेको हो।

काठमाडौंको एक्यूआई सूचकांक १७८ रहेको छ। काठमाडौंमा पीएम २.५ को अवस्था ९४.५ रहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसर काठमाडौंको यो प्रदूषण उच्च अस्वस्थकर हो।

काठमाडौंमा हाँडीगाउँ, तथली, चुन्ने पाखालगायत स्थान निकै प्रदूषित छन्।

विश्वकै प्रदूषित सहरको सूचीमा इजिप्टको कायरो शीर्ष स्थानमा रहेको छ। चीनको सांघाई र हाङझउ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

भारतको नयाँ दिल्ली चौथो र बंगलादेशको ढाका पाँचौँ, पाकिस्तानको कराँची छैटौं, इरानको तेहरान सातौं, भियतनामको हानोई आठौं र पाकिस्तानको लाहोर नऔं प्रदूषित सहर बनेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *