मानव बेचबिखन आरोपमा २५ वर्षीय युवक पक्राउ
काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले कपिलवस्तुबाट एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोटको दुपचेश्वर गाउँपालिका-७ का २५ वर्षीय शिसिर तामाङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार तामाङलाई कृष्णनगर नगरपालिका-२ लीङगेटबाट नियन्त्रणमा लिइएको हो।
काठमाडौंबाट झुक्याएर एक व्यक्तिलाई भारत लैजाँदै गर्दा तामाङलाई पक्राउ गरिएको थियो। उनलाई अदालतबाट म्याद थप गराएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment