एनपीएलः जनकपुरले लुम्बिनीलाई दियो एक सय ३७ रनको लक्ष्य
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई एक सय ३७ रनको लक्ष्य दिएको छ। त्रिवि मैदान कीतिपुरमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३६ रन बनायो।
जनकपुरका लागि कप्तान अनिल शाहले सर्वाधिक रन बनाए। उनले ३९ बलमा एक चौका र ४ छक्का प्रहार गर्दै ४५ रन बनाए। यस्तै लाहिरु मिलान्थाले २४, आसिफ शेखले १६ रन बनाउँदा शुभ कंसाकारले २२ रन बनाए।
लुम्बिनीका अभिशेष गौतमले ३ विकेट लिए भने कप्तान रोहित पौडेल र साद बिन जाफरले समान दुई दुई तथा सन्दीप जोराले एक विकेट लिए।
जारी एनपीएलमा यसअघि भएका तीनवटै खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ। लुम्बिनी भने तीन वटै खेलमा पराजित भएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment