हिमपातसँगै सुदूरका हिमाली क्षेत्र सेताम्य
धनगढी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका हामाली क्षेत्रमा हिमपात भएको छ। बैतडीको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौलीलगायतका उच्च स्थानमा हिमपात भएको हो।
उच्च लेकाली क्षेत्रमा वर्षासँगै हिमपात भएको हो। यता डडेल्धुरा, डोटीलगायत पहाडी जिल्लाका उच्च लेकाली भेगमा पनि हिमपात भएको छ।
आज बिहान कैलाली सदरमुकाम धनगढीमा पनि वर्षा भएको छ। हिमपात र वर्षाका भएसँगै सुदूरपश्चिममा चिसो बढेको छ।
चिसोका कारण जनजीवन पनि प्रभावित हुँदै गएको स्थानीय प्रशासनले जनाएको छ। चिसोका कारण दैनिक ज्यालामजदुरी गर्ने मजदुर, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
वर्षा र हिमपातले खेतीलाई फाइदा पुगाउने भएकाले किसान हर्षित छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment