चितुवाले आक्रमण गरेर ६ जना घाइते बनायो
नेपालगन्ज । बर्दियाको ठाकुरबाबा नगरपालिकामा शनिबार विहान चितुवाको आक्रमणबाट ६ जना घाइते भएका छन्।
ठाकुरबाबा नगरपालिका –४ खैलार गाउँनजिक चितुवाको आक्रमणबाट झुती थारु, बिरु थारु, गणेश मल्ल, उमेश थापा, हरि लम्साल र सुदीप थारु घाइते भएको प्रहरीले जनाएको छ।
बबई नदी किनारको झाडी सफा गर्न जाँदा शनिबार बिहान झुती थारुलाई चितुवाले आक्रमण गरेको र उनलाई बचाउन जाँदा अन्य तीन जनालाई चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
चितुवा नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जको टोली गएकोमा थप दुई जनालाई चितुवाले आक्रमण गरेको थियो। भएको ठाकुरबाबा नगर अस्पतालमा उपचार भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment