तेस्रो राष्ट्रिय फ्री-स्टाइल रोल्लर स्केट प्रतियोगिताका छनोट खेल सम्पन्न

डिसी नेपाल
२९ मंसिर २०८१ २२:०३
80
Shares

काठमाडौं तेस्रो राष्ट्रिय फ्री-स्टाइल रोल्लर स्केट प्रतियोगिता-२०८१ अन्तर्गतको पहिलो दिन छनोट चरणका खेलहरू सम्पन्न भएका छन्। नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघले वार्षिक रूपमा राष्ट्रिय फ्री-स्टाइल रोल्लर स्केट प्रतियोगिता आयोजना गर्दै आएको छ।

काठमाडौंको गल्फुटार स्केटपार्कमा भएको प्रतियोगिताको पहिलो दिनमा दुई सय ५० जना पुरूष र एक सय ५० जना महिला खेलाडीको छनोट चरणका खेलहरू भएको आयोजक संघका केन्द्रीय महासचिव सत्य थापाले जानकारी दिए।

दुई दिनसम्म चल्ने प्रतियोगितामा पुरूष र महिलातर्फ खुल्ला फ्री–स्टाइल रोल्लर स्केट प्रतियोगिताअन्तर्गत प्रथम हुनेले रू १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेल पाँच हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै, प्रतियोगिताका विजेतालाई दक्षिण कोरियामा आगामी जुन महिनामा आयोजना हुने एसियन रोल्लर डारबी प्रतियोगितामा सहभागी गराइनेछ।

रोल्लर स्केट खेलअन्तर्गत फ्री–स्टाइल विधामा जिकज्याक विधा खेलाइने आयोजक संघका महासचिव थापाले जानकारी गराए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *