काठमाडौंलाई विराटनगरले दियो एक सय १८ रनको लक्ष्य
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले काठमाडौं गुर्खाजलाई एक सय १८ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले १९.५ ओभरमा सबै विकेट गुमाएर एक सय १७ रन बनाएको हो।
विराटनगरका लागि राजेश पुलामी मगरले सर्वाधिक २५ रन बनाए। उनले २१ बलमा एक चौका र एक छक्का प्रहार गरे। यस्तै दिपक बोहोराले २० रन स्कट एडवार्ड्सले १५, बसिर अहमदले १३ तथा निकोलस किर्तन १२ रन बनाए।
काठमाडौंका गेरहार्ड इरास्मसले सर्वाधिक तीन विकेट लिए। दिपेश कडेँलले दुई तथा साहब आलम, करण केसी र ड्यान डुथवेटले समान एक एक विकेट हात पारे।
यस खेलमा जित निकाल्न सके काठमाडौं प्लेअफको सम्भावना रहने छ भने पराजित भएको खण्डमा प्रतियोगिताबाट बाहिरिने छ। यता यसअघि नै प्लेअफबाट बाहिरिएको विराटनगर प्रतियोगितामा जितका साथ अन्त्य गर्न चाहन्छ।
काठमाडौँ ६ खेलबाट ६ अंक रहेको छ भने विराटनगरको समान खेलबाट चार अंक छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment