काठमाडौंले विराटनगरलाई हरायो
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा काठमाडौं गुर्खाज विजयी भएको छ। एनपिएलमा आफ्नो अन्तिम खेलमा काठमाडौं गुर्खाजले विराटनगरलाई एक विकेटले पराजित गर्यो।
विराटनगर दिएको एक सय १८ रनको लक्ष्य पछ्याएको काठमाडौं गुर्खाजले १८.१ ओभरमा ९ विकेट गुमाएर पुरा गर्यो।
काठमाडौंका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३४ रन बनाए। यस्तै शंकर रानाले १६, रशिद खानले १४, गेरहार्ड इरास्मसले १२, दिपेश कँडेलले ११ र माइकल लेभिटले १० रन बनाए। विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए। यस्तै क्रिश सोल, अनिल खरेल र बसिर अहमदले समान दुई दुई विकेट लिए।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले १९.५ ओभरमा सबै विकेट गुमाएर एक सय १७ रन बनाएको थियो।
विराटनगरका लागि राजेश पुलामी मगरले सर्वाधिक २५ रन बनाए। उनले २१ बलमा एक चौका र एक छक्का प्रहार गरे। यस्तै दिपक बोहोराले २० रन स्कट एडवार्ड्सले १५, बसिर अहमदले १३ तथा निकोलस किर्तन १२ रन बनाए।
काठमाडौंका गेरहार्ड इरास्मसले सर्वाधिक तीन विकेट लिए। दिपेश कडेँलले दुई तथा साहब आलम, करण केसी र ड्यान डुथवेटले समान एक एक विकेट हात पारे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment