परराष्ट्रका पाँच उपसचिव सहसचिवमा बढुवा सिफारिस
काठमाडौं । परराष्ट्र सेवाका पाँच जना उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन्।
जेष्ठता र कार्यसम्पादन मूल्यांकनको आधारमा नेपाल परराष्ट्र सेवा बढुवाका लागि उम्मेदवारी दिएका १० मध्ये पाँच जना उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका हुन्।
बढुवा सिफारिस हुने पहिलो नम्बरमा उपसचिव पुष्पराज भट्टराई, दोस्रो नम्बरमा मणिरन्त शर्मा, तेस्रो नम्बरमा लोकबहादुर पौडेल, चौथो नम्बरमा किरण शाक्य र पाँचौ नम्बरमा दुरपदा सापकोटा रहेका छन्।
उनीहरूसँगै सहसचिव बढुवाका लागि उपसचिव दधिराम भण्डारी, हरिप्रसाद ओडारी, प्रकाश अधिकारी, डमरुबल्लभ पौडेल र पारस पण्डित पनि प्रतिस्पर्धामा थिए।
बढुवामा चित्त नबुझेका आगामी ३५ दिनभित्र उजुरी दिन सक्ने कानुनी व्यवस्था छ। त्यसपछि बढुवा समितिको सिफारिस अनुसार सरकारले सहसचिवमा बढुवा गर्नेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment