सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

डिसी नेपाल
२ पुष २०८१ १६:२०
80
Shares

रुपन्देही। गृहमन्त्री रमेश लेखकले सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न सुरक्षा निकायलाई कडा निर्देशन दिएका छन्।

मंगलबार भैरहवामा आयोजित लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री लेखकले अर्को पटक सीमा क्षेत्रमा तस्करी र राजस्व चुहावटमा भएका कमजोरी सुन्न नपर्ने गरि काम गर्न सुरक्षा निकायलाई कडा निर्देशन दिएका हुन्। लुम्बिनी प्रदेशमा राजश्व चुहावट धेरै नै हुने गरेको गुनासो आएकाले त्यसमा विशेष ध्यान दिन समेत उनले निर्देश गरे।

संघीय लोकतन्त्रिक व्यवस्थाले शान्ति सुरक्षा, सुशासन र विकासको ग्यारेन्टी गरेको उनले बताए। उहाले राज्यले शान्ति सुरक्षा दिन सकेमात्रै नागरिकले निर्वाध रुपमा आफ्ना मौलिक हकको उपयोग गर्न सक्ने धारणा राखे।

उहाले संविधानलाई असफल हुन दिने छुट नभएको भन्दै संविधानको सुरक्षा, संविधानले प्रदान गरेको नागरिकका हकअधिकार र संविधानको कार्यान्वयन सवैको जिम्मेवारी भएको बताए। लेखकले अहिले सरकार ढल्ने कुनै सम्भावना नरहेको उल्लेख गर्दै अहिलेको समिकरण ८४ सालसम्मै जाने जिकिर गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *