पुर्षोत्तम गैरे र अस्मिता अधिकारीको स्वरमा लोक दोहोरी गीत ‘कमला’ सार्वजनिक (भिडियाे)
काठमाडौं। पुर्षोत्तम गैरेको नयाँ लोक दोहोरी गीत ‘कमला’ बजारमा आएको छ। सोमबार सार्वजनिक भएको उक्त गीतमा युवा पुस्तामाझ चर्चित गायिका अस्मिता अधिकारी र गायक पुर्षोत्तम गैरेको स्वर रहेको छ। गायक गैरैको युट्युब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक भएको छ।
उक्त गीतमा शब्द बिमल पौडेर र गायक स्वयं पुर्षोत्तम गैरेको रहेको छ भने एसबीन किस्मतको संगीत रहेको छ। सार्वजनिक गरिको गीतको भिडियोमा संचिता बोलाखे र मिलन गहतराजको अभिनय रहेको छ। यस्तै कमल भक्तको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोलाई सुनिल भण्डारीले खिचेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment