पाकिस्तानी मूलकी बालिकाको हत्या गरेको अभियोगमा बाबु र सौतेनी आमालाई जन्मकैद

डिसी नेपाल
३ पुष २०८१ १२:४१
376
Shares

काठमाडौं । पाकिस्तानी मूलकी बेलायती नागरिक साराह सरिफको हत्या मुद्दामा अदालतले उनका बुबा उर्फान शरीफ र सौतेनी आमा बिनश बटूललाई ​​जन्मकैदको सजाय सुनाएको छ ।

साराको शव उनको घरबाट अगस्त २०२३ मा बरामद भएको थियो।

बेलायती अदालतले सारा शरीफका काका फैसल मलिकलाई हत्याको मुद्दामा दोषी पाएको छैन, तर उनलाई बच्चाको हत्या गर्न अनुमति दिएकोमा १६ वर्षको जेल सजाय सुनाइएको छ।

यस मुद्दामा सजाय सुनाउँदै न्यायाधीशले सारालाई पटक–पटक निकै कुटपिट गरिएको र निकै यातना दिएको बताए ।

फैसला सुनाउँदै न्यायाधीशले १० वर्षीया सारालाई निकै साहसी भनेका छन् ।

साराकी आमा ओल्गाले एक विज्ञप्तिमा भनिन् कि उनकी छोरी ‘सधैं मुस्कुराइरहेकी’ र ‘उनको आफ्नै अद्वितीय चरित्र’ थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *