नेकपा एसले आन्दोलन गर्ने, घनश्यामलाई तोकियो कमाण्डर

डिसी नेपाल
३ पुष २०८१ १३:४०
1.5k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय स्तरदेखि केन्द्रसम्म आन्दोलन गर्ने भएको छ। मंगलबार सकिएको स्थायी कमिटी बैठकले जनताका आवाज उठाउने गरी आन्दोलन गर्ने निर्णय गरेको हो।

आन्दोलनका लागि महासचिव घनश्याम भूसालको नेतृत्वमा समिति गठन भइसकेको छ। समितिमा जीवनराम श्रेष्ठ रहे पनि अन्य नेतालाई पछि थपिने बताइएको छ।

पार्टीलाई जनतासँग जोड्न आन्दोलन गर्न लागिएको उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए। जनताका दैनिक समस्या, सुशासन, भ्रष्टाचारविरूद्ध जनतामा चेतना वृद्धि गर्न आन्दोलन गर्न लागिएको उनको भनाइ छ।

‘जनसंघर्षको वा आन्दोलनको माध्यमबाट पार्टीलाई निर्माण, सुदृढीकरण र विस्तार गर्न सकिन्छ भन्ने सम्झेर अबका केही महिना हामी आन्दोलन गर्दैछौं,’ उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *