मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
झापा। मोटरसाइकल दुर्घटनामा परी झापाको मेचीनगरमा एक जनाको ज्यान गएको छ।
बुधबार ९:२० बजे मेचीनगर नगरपालिका-८ मकरेचौकस्थित भित्री पक्की सडकखण्डमा इटाभट्टादेखि नकलबन्दातर्फ जाँदै गरेको मे ७ प १२३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालक मेचीनगर नगरपालिका-६ बस्ने ३४ वर्षीय दिवस प्रधान घाइते भएका थिए।
उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा चिकित्सकले उपचारकै क्रममा मृत घोषणा गरेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment