काभ्रेमा जुवा खालबाट १५ जना पक्राउ
काठमाडौं । काभ्रेपलाञ्चोकमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बनेपा नगरपालिका–५ का ४८ वर्षीय सुन्दर बानियाँसहितका १५ जना रहेका छन्।
बानियाँको घरमा जुवातास खेलिरहेको अवस्थामा बुधबार दिउँसो उनीहरू पक्राउ परेका हुन्।
नगद एक लाख ६ हजार २६५ रुपैयाँ र १० बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment