युक्रेनविरुद्धको युद्धमा उत्तर कोरियाका १०० सैनिक मारिएको दक्षिण कोरियाको दाबी
काठमाडौं । दक्षिण कोरियाका एक सांसदले रुसको तर्फबाट युक्रेनविरुद्ध लड्दा कम्तीमा १०० उत्तर कोरियाली सैनिकको मृत्यु भएको बताएका छन् ।
सांसद ली सुङ क्वोनले दक्षिण कोरियाको नेशनल इन्टेलिजेन्स सर्भिसले यसबारे संसदलाई जानकारी गराएको बताए ।
युद्धमा एक हजारभन्दा बढी उत्तर कोरियाली सैनिक पनि घाइते भएको उनले बताए । सांसद क्वोनले मारिनेमा धेरै उच्च सैन्य अधिकारी पनि रहेको बताए ।
हालै एउटा रिपोर्ट आएको थियो जसमा युक्रेन विरुद्धको युद्धमा रुसको तर्फबाट १० हजार भन्दा बढी उत्तर कोरियाली सैनिक लडिरहेको भनिएको थियो ।
सोमबार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पनि उत्तर कोरियाली सैनिकको मृत्यु भएको पुष्टि गरेको छ, यद्यपि मन्त्रालयले मृत्युको संख्या खुलासा गरेको छैन।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment