३१ अंकले घट्यो सेयर बजार

डिसी नेपाल
४ पुष २०८१ १५:२१
64
Shares

काठमाडौं । सेयर बजारमा ३१.४३ अंकको गिरावट आएको छ। बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.४३ अंकले घटेर २५९६.८२ बिन्दुमा रोकिएको हो।

नेप्से भदौपछि पहिलोपटक २५०० बिन्दुमा झरेको छ। यसअघि भदौ २४ मा नेप्से २५०८.८६ बिन्दुमा थियो। अघिल्लो कारोबार दिन बुधबार पनि नेप्से ५.६० अंकले घटेको थियो।

बिहीबार नेप्सेमा कुल ४ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। बिहीबार कारोबारमा आएकामध्ये २९ कम्पनीको सेयर मूल्य बढ्दा २११ कम्पनीको घटेको छ। आज ती कम्पनीको सेयर मूल्य स्थिर छ।

बिहीबार सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। आज नारायणी विकास बैंकको सेयर मूल्यमा सर्वाधिक अर्थात् ९.२१ प्रतिशतको गिरावट आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *