युवतीसँग होटलमा बसेका युवक मृत भेटिए
झापा । दमकमा दुई युवतीसँग होटलमा बसेका युवक मृत फेला परेका छन्। सिन्धुली दुधौली नगरपालिका-१० का ३३ वर्षीय इन्द्रबहादुर सुनुवार बिहीबार बिहान मृत फेला परेका हुन्।
दमक नगरपालिका-६ बसपार्कस्थित मिलन होटल एन्ड लजमा बुधबार राति बसेका सुनुवार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय दमकको टोली घटनास्थल पुगेकोमा कोठामा मिक्लाजुङ गाउँपालिका-२ की २७ वर्षीया गोमाकुमारी तामाङ भेटिएकी थिइन्।
उनी सुनुवारसँग बेलुका खाना खाएर कोठामा बसेको र उनीहरूसँगै रामेछापको मन्थलीकी २० वर्षीया सोनु तामाङसमेत रहेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। गोमाकुमारीले सुनुवार सुतेकै स्थानमा मृत फेला परेको भन्दै होटल सञ्चालिकालाई खबर गरेकी थिइन्।
दुबै युवतीलाई प्रहरीले पक्राउ गरेर इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर अनुसन्धान थालेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment