तस्करीको चीनी सहित ई रिक्सा र चालक नियन्त्रणमा

डिसी नेपाल
४ पुष २०८१ १९:४८
272
Shares

रौतहट। जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले तस्करीको भारतीय चीनी सहितको ई रिक्सा बरामद गर्नुका साथै चालकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला सदरमुकाम गौर स्थित सिवाङ्गी पेट्रोल पम्पको अगाडी चेकजाँचको क्रममा प्रहरी गस्ती टोलीले बिहीवार २०० किलो अबैध भारतीय चिनि बोकेको ना २ ह १६८ नम्बरको ई रिक्सा बरामद गर्नुका साथै चालक गौर नगरपालिका ४ का ४५ बर्षीय बिन्देश्वर सहनी लाई नियन्त्रणमा लिएको हो।

बरामद चीनी,ई रिक्साको ३ लाख १४ हजार मूल्याङकन गरी चालक सहनी सहित आवशयक कार्वाहीको लागी जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार राय द्वारा जारी सूचनामा उल्लेख गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *