भेरी नदीमा खसेकी सम्झनाको सशस्त्रले गर्‍याे उद्धार

डिसी नेपाल
४ पुष २०८१ २१:३८
240
Shares

सुर्खेत। पुलबाट भेरी नदीमा खसेकी गुर्भाकोट नगरपालिका-१३ की १६ वर्षीया सम्झना बुढालाई सशस्त्र प्रहरीले जिवितै उद्धार गरिएको छ।

परम्परागत रुपमा गुर्भाकोट नगरपालिका-८ मेहलकुनामा लाग्दै आएको शुभाघाट मेलाबाट फर्कने क्रममा भेरी नदी माथी रहेको पुलबाट बुढा खसेकी थिइन्। बुधबार बेलुकी साढे ६ बजे नदीमा खसेकी बुढालाई सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन वेश चिप्लेबाट खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक थिरबहादुर परियारको नेतृत्वमा खटिएको टिमले दुई मिनेटमै सकुशल उद्धार गरेको मेला सुरक्षामा खटिएका सशस्त्र प्रहरी निरीक्षक जीवनकुमार मल्लले जानकारी दिए।

हाल मेहलकुना स्थित अस्पतालमा उपचार जारी रहेकी बुढाको स्वास्थ्य अवस्था सुधार हुँदै गएको मल्लले जानकारी दिए। सशस्त्र प्रहरीले पुल नजिकै भेरी नदीको किनारमा क्याम्प बनाएर मेलामा आउने स्थानीयबासीलाई सुरक्षा दिइरहेको छ। भेरी नदीको किनारमा चिसो भएपनि सुरक्षालाई ध्यान दिँदै क्याम्प नै राखेर बसेको मल्लले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *