आइतबार मध्यरातदेखि केही समय फोनपे नचल्ने
काठमाडौं । आउँदो आइतबार राति केही घण्टा फोनपेको सम्पूर्ण सेवा अवरुद्ध हुने भएको छ।
फोनपेले आइतबार राति १ बजेदेखि बिहान ५ बजेसम्म आफ्नो सेवा उपलब्ध नहुने सूचनामार्फत जनाएको छ।
‘आइतबारका दिन बिहान १ (मध्यरात) बजेदेखि ५ बजेसम्म फोनपे पेमेन्ट सर्भिस लिमिटेडको डिजास्टर रिलिफ ड्रिलको परीक्षण (डीआर ड्रिल) गर्नुपर्ने भएकोले उक्त समयावधिका लागि फोनपेको सम्पूर्ण सेवाहरू अवरुद्ध हुने जानकारी गराउन चाहन्छौं,’ सूचनामा उल्लेख छ।
हाल फोनपेले पर्सन टु पर्सन, पर्सन टु मर्चेन्ट, फास्ट ट्याग, फोनपे पोइन्टलगायतका भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment