नेपाल विश्वविद्यालयको कुलपतिमा डा. लोहनी नियुक्त

डिसी नेपाल
५ पुष २०८१ १६:०९
200
Shares

काठमाडौं । नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी नियुक्त भएका छन्।

नेपाल विश्वविद्यालय ऐन २०८१ को व्यवस्था अनुसार लोहनी चार वर्षका लागि विश्वविद्यालयको कुलपतिको पदमा नियुक्त भएका हुन्।

सन् १९७० मा भारतको बिरला इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्वर्ण पदकसहित सिभिल इन्जिनियरिङमा स्नातक गरेका लोहनीले सन् १९७४ मा अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातकोत्तर र सन् १९७७ मा एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी, बैंककबाट वातावरणीय प्रविधि र व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *