बाजुरामा भूकम्पले घर भत्कायो

डिसी नेपाल
६ पुष २०८१ १०:४५
1.3k
Shares

धनगढी । बाजुरामा शनिबार बिहान गएको भूकम्पले भौतिक संरचनामा क्षति पुर्‍याएको छ। भूकम्पले दर्जनभन्दा बढी घर चर्किएका छन् भने कतिपय भत्किएका छन्।

मानवीय क्षति नभए पनि भौतिक संरचनामा क्षति पुगेको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलले बताए। उनका अनुसार भौतिक क्षतिको विवरण संकलन भइरहेको छ।

अहिलेसम्म बूढीनन्दा नगरपालिकाको कोल्टीमा एक घरमा क्षति पुगेको छ। भूकम्पले क्षति पुगेको उक्त घरमा बसोबास गर्ने तीन जनालाई उद्धार गरेर सुरक्षित स्थानमा सारिएको छ।

शनिबार बिहान बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *