दरबारमार्गमा गुण्डागर्दी गर्ने तरुण दलका केन्द्रीय सदस्य र काभ्रेका अध्यक्षसहित ८ जना पक्राउ
काठमाडौं। दरबारमार्गमा गुण्डागर्दी गरेको आरोपमा आठ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलका केन्द्रीय सदस्य कुलध्वज तामाङ र काभ्रेका अध्यक्ष सुजन तामाङसहित ८ जना रहेका छन्।
महेन्द्र शालिक नजिक रहेको रेस्टुरेन्ट सञ्चालक बैतडी स्थायी घर भएका ३६ वर्षीय रमेश भट्टलाई कुटपिट गरेपछि उनीहरुलाई पक्राउ गरी प्रहरीले दरवारमार्ग वृत्तमा राखेको छ।
पक्राउ पर्नेहरूमा कुलध्वज र सुजनसहित पब्लिक युथ क्याम्पस धोबिचौरका स्ववियु उपसभापति मिलन लामा, भुम्लु गाउँपालिका कार्यपालिका सदस्य सुलभ पहरी, तरुण दल काभ्रेका जिल्ला सदस्य युवराज लामा, मोरङका उर्लाबारी–७ का डम्बरबहादुर कार्की, तरुण दल सिन्धुपाल्चोकको जुगल गाउँपालिका अध्यक्ष दावा तामाङ र काभ्रे तेमाल–५ का शक्ति लामा रहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
उनीहरुलाई अनुसन्धानको लागि समय लिन आइतबार अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment