टिकटक बनाउने क्रममा दुईजनाको मृत्यु

डिसी नेपाल
७ पुष २०८१ ६:५८
304
Shares

तेह्रथुम। खोला किनारामा टिकटक बनाउने क्रममा दुईजनाको मुत्यु भएको छ। शनिबार दिउँसो मेन्छ्यायेम गाउँपालिका-५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको मृत्यु भएको हो।

विद्यालयका सहायक प्रधानाध्यापक कमल सापकोटाका अनुसार उनीहरु शनिबार बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए। खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर लडेका उनीहरु खोलामा बगेका थिए।

शनिवार अपराह्न खोलामा बगेका उनीहरुको शव साँझ भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चिनिमाया तामाङले जानकारी दिए। शव मृतकका परिवारलाई आज मात्र बुझाइने उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *