रवि सांसदबाट निलम्बन हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेको सांसदबाट निलम्बन हुने भएका छन्।
२७ करोड रुपैयाँको स्रोत खुल्न नसकेपछि उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएसँगै सम्पत्ति शुद्धीकरण ऐनअनुसार रविको सांसद पद स्वतः निलम्बन हुने भएको हो।
सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसहित)को दफा (२७) बमोजिम रविको सांसद स्वतः निलम्बन हुने कास्की जिल्ला न्यायाधीवक्ता कमला काफ्ले जानकारी दिएकी छन्।
‘प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ,’ ऐनमा भनिएको छ।
यसका साथै उनीविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा समेत कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment