कारभित्र मृत भेटिएका व्यक्तिको पहिचान खुल्यो
जनकपुर । बारामा कारभित्र मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ। उनी सिमरा विमानस्थल कार्यालयका सुरक्षा गार्ड राजकुमार रुम्बा रहेको खुलेको प्रहरीले जनाएको हो।
शनिबार बिहान बाराको जीतपुर सिमरा उपमहानगरपालिका-११ स्थित बागमती ०१–०२८–च– ७६१६ नम्बरको कारभित्र ४७ वर्षीय रुम्बा मृत अवस्थामा फेला परेका थिए।
कार सिमरा एयरपोर्टमा कार्यरत राष्ट्रिय अनुसन्धानका प्रहरी निरीक्षक श्रीकान्त तिवारीको रहेको प्रहरीले जनाएको छ। उनी गाडी मागेर बाहिर निस्किएकोमा मृत फेला परेको प्रहरीको भनाइ छ।
उनको टाउकोमा केही वस्तुले प्रहार गरिएको चोट देखिएको र घटनाबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment