रविको बयान- गोर्खा मिडियामा मैले हस्ताक्षर गरेका चेकको दुरुपयोग भयो

डिसी नेपाल
७ पुष २०८१ १८:३०
2.6k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले गोर्खा मिडियामा आफूले विश्वासले हस्ताक्षर गरेका चेकको दुरुपयोग भएको बताएका छन्। गोर्खा मिडियाका सञ्चालक गितेन्द्रबाबु राईले आफूलाई झुक्याएर गुमराहमा राखेको उनको आरोप छ।

रविसहितका ४४ जनाविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा पुरक अभियोगत्रप दर्ता भएको छ। उनीहरूविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा मुद्दा दर्ता भएको हो।

रविले भने आफूमाथि लागेको आरोप गलत भएको बयान दिएका छन्। ‘मलाई लाग्छ प्रस्तुत चेकहरू या त मैले माथि उल्लेख गरे जस्तै मैले विश्वासमा हस्ताक्षर गरेर छोडेको खाली चेकहरूको दुरुपयोग हो। या त लगानीकर्ता गितेन्द्रबाबु राईको निर्देशन बमोजिम मेरो जानकारीबीना मलाई समेत झुक्यानमा पारी वा पहिला मलाई चेकमा दस्तखत गराईपछि सहकारीको नाउँ लेखेर भुक्तानी गराई मलाई समेत गुमराहमा राख्ने कार्य गरेको चेकहरू हुन सक्छन्,’ उनले भनेका छन्।

उनले कुनै सहकारीबाट ऋण नलिएको दाबीसमेत गरेका छन्। ऋण लिनु त ऋण प्रक्रियामा समेत सामेल नभएको उनको दाबी छ।

‘नयाँ कम्पनीमा कयौँ व्यक्ति, भेण्डर, वित्तीय संस्थाहरूलाई उनीहरूसँग गरिएको सम्झौता एवं कार्यकारी अध्यक्ष तथा लगानीकर्ता गितेन्द्र राईको निर्देशनमा अनगिन्ती चेकहरू मार्फत भुक्तानी गएको थियो। हरेक भुक्तानीको प्रकृया लगानीकर्ता गितेन्द्र बाबु राईले आफ्नो नियन्त्रणमा राखी तह तहमा भेरीफाई (क्लियरिङ) गरी चेक जारी वा हस्ताक्षर गराउँथे,’ रविले भनेका छन्।

गोर्खा मिडियामा कामको चाप र उपत्यका बाहिरको यात्रा गर्नु पर्दाको क्रममा कम्पनीको काम नरोकियोस भन्ने उद्देश्यले मैले कतिपय अवस्थामा कम्पनीका सञ्चालक समेतको निर्देशनमा विश्वास गरी खाली चेकमा समेत दस्तखत गरेर छाड्ने गरेको उनले बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *