लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

डिसी नेपाल
७ पुष २०८१ २१:५३
56
Shares

बर्दिया । लागूऔषध मुद्दामा फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत बर्दियाको गत भदौ २४ गतेको फैसलाले लागूऔषध मुद्दामा नौ महिना १० दिन कैद र ५ हजार जरिवाना भई फरार प्रतिवादी मधुवन नगरपालिका–६ लालीबजारका ३७ वर्षीय हसन अन्सारीलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले आइतबार पक्राउ गरेको हो।

पक्राउ परेका अन्सारीलाई आवश्यक कारबाहीका लागि अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *