वैदेसिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । आकर्षक तलबमा क्रोएसिया र साइप्रस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुर रौतामाई गाउँपालिका-३ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ५३ वर्षीय यादबहादुर बुर्जामगर र बारा पचरौता नगरपालिका-८ घर भई काठमाडौं भिमसेनगोला बस्ने ३५ वर्षीय सञ्जय साह बानियाँ रहेका छन्।
मगरले क्रोएसिया पठाइदिन्छु भन्दै दुई जना पीडितसँग ५ लाख ७५ हजार रूपैयाँ र सञ्जयले साइप्रस पठाइदिन्छु भन्दै एक जनासँग ४ लाख ६० हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।
पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मगरलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बाट र सञ्जयलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment