बामदेव एकीकृत समाजवादीमा प्रवेस गर्ने

डिसी नेपाल
९ पुष २०८१ १५:५६
1.2k
Shares

काठमाडौं । बामदेव गौतमलाई नेकपा एकीकृत समाजवादीमा प्रवेश गराउन दुवै पक्षले वार्ता टोली बनाएको छ।

गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियान र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबीच पार्टी एकीकरणका लागि दुवै टोलीले वार्ता समिति बनाएका हुन्।

गौतमका तर्फबाट अभियानका महासचिव डिबी कार्कीको नेतृत्वमा भगवती विष्ट र लोकनाथ धमला सदस्य रहेको तीन सदस्यीय वार्ता कमिटी गठन भएको छ। एकीकृत समाजवादीबाट अध्यक्ष नेपाल, वरिष्ठ नेता प्रमेश हमाल र नेता बलराम बाँस्कोटा सदस्य रहेको वार्ता समिति तयार भएको छ।

दुवै वार्ता टोलीले तय गरेको सैद्धान्तिक र नेतृत्वको विषयमा सहमति जुटेपछि एकता गर्ने गरी कुराकानी अघि बढेको छ। हालै बसेको नेकपा एसको स्थायी समिति बैठकले गौतमलाई तेस्रो मर्यादाक्रममा राख्ने गरी सहमतिको बाटो खुला गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *