धर्म परिवर्तन गराउँदै हिँडेका पास्टर पक्राउ
धनगढी । धर्म परिवर्तन गराउँदै हिँडेका एक चर्चका पास्टरलाई कैलाली प्रहरीले पक्राउ गरेको छ। सामुदायिक विद्यालयमा पुगेर विद्यार्थीलाई धर्म परिवर्तन गराएको आरोपमा लम्कीचुहा नगरपालिका–१ मा रहेको लम्की सामुदायिक चर्चका पास्टर जन्मजय भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो।
भट्टराईलाई धर्म परिवर्तन गराएको अभियोगमा पक्राउ गरेर अनुसन्धान थालिएको कैलाली प्रहरीले जनाएको छ। धर्म परिवर्तन शीर्षकमै किटानी जाहेरी लिएर इलाका प्रहरी कार्यालय लम्कीले अदालतबाट म्याद थपेर भट्टराईमाथि अनुसन्धान गरिरहेको छ।
भट्टराईले क्रिसमस डेको पूर्वसन्ध्यामा लम्की क्षेत्रका विद्यालयमा पुगेर शैक्षिक सामग्री वितरण गर्ने बहानामा विद्यार्थीलाई ईसाई धर्ममा लाग्न प्रेरित गरेको आरोप छ।
उनले लम्की चुहानगरपालिका–१ मा रहेको शहीद स्मृति माविमा विद्यार्थीलाई बाइबल र इसुको बारेमा प्रचार गर्दै ईसाई धर्म अंगाल्न अनुरोध गरेको भिडियो समेत सामाजिक सञ्जालमा बाहिरिएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment