बन्धक बनाएर युवतीमाथि सामूहिक बलात्कार, भारतीयसहित तीन जना पक्राउ
विराटनगर । मोरङको कटहरी गाउँपालिका-२ मा अचेत अवस्थामा फेला परेकी महिलामाथि सामूहिक बलात्कार भएको पाइएको छ। बलात्कार आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
मंगलबार मोरङको जहदा गाउँपालिका-३ की २३ वर्षीय महिला घरदेखि करिब २ किलोमिटर टाढा कटहरी गाउँपालिका-२ मा पर्ने खेतबारीको बीचमा रहेको बाँसको झ्याङमा सलले मुख थुनेर हातखुट्टा बाँधेको अवस्थामा अचेत फेला परेकी थिइन्।
उद्धारपछि उनले दिएको बयानका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कटहरी गाउँपालिका-२ का १९ वर्षीय मोहम्मद रमजान सोही स्थानका १९ वर्षीय सोनुकुमार साह र भारतको अररीया कुशाकट्टा बस्ने १९ वर्षीय मो गुल्जार छन्। उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment