काठमाडौंमा दिउँसै लाखौंको चोरी

डिसी नेपाल
१० पुष २०८१ १६:५०
416
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ बालाजु बोहराटारमा दिउँसो लाखौंको चोरी भएको छ।

बोहराटार बस्ने ४२ वर्षीया दुर्गा बोहराको घरबाट कोही नभएको अवस्थामा ताला फोडेर नगद ५० हजार रूपैयाँ र सुनका विभिन्न गरगहना समेत गरी करिब ७ लाख ९९ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ।

मंगलबार दिउँसो घरमा कोही नभएको अवस्थामा चोरी भएकोमा संलग्नहरू अहिलेसम्म पक्राउ परेका छैनन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *