काठमाडौंबाट जाँदै गरेको टाटा सुमो खोटाङमा दुर्घटना

डिसी नेपाल
१० पुष २०८१ १७:१९
420
Shares

काठमाडौं । काठमाडौंबाट खोटाङ जाँदै गरेको टाटा सुमो दुर्घटना भएको छ। ना१ज ७१८१ नम्बरको टाटा सुमो केपिलासगढी गाउँपालिका–३ बास्पानीको राँचीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

दुर्घटनामा परी गाडीमा सवार एक यात्रु फेदी तोमानेका दुर्गाप्रसाद राई गम्भीर घाइते भएका छन्।

उनलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ। सुमो चालककलाई नियन्त्रणमा लिइएर अनुसन्धान थालिएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *