शिक्षकलाई एआइसम्बन्धी तालिम

डिसी नेपाल
१० पुष २०८१ २०:१०
244
Shares

झापा। शिक्षणलाई सहज बनाउने उद्देश्यले आज मेचीनगर–१३ स्थित त्रिदेव बहुमुखी क्याम्पसका शिक्षकहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी तालिम प्रदान गरिएको छ।

पब्लिक क्याम्पस प्राध्यापक संघ इकाइले आयोजना गरेको तालिममा स्नातक र स्नातकोत्तर तहमा अध्यापन गर्ने शिक्षकहरुको सहभागिता थियो।

नेपाल प्रेस इन्स्टिच्यूटका प्रशिक्षक लीलाराज भट्टराईले तालिमको सहजीकरण गरेका थिए। पहिलोपटक आयोजना गरिएको तालिमले शिक्षणलाई सहज, डिजिटल र स्मार्ट बनाउन सहयोग पुग्ने क्याम्पसका निमित्त प्रमुख तेजप्रसाद खनालले बताए।

उनले तालिममा सिकेका सीपलाई व्यवहारमा प्रयोग गरेर शिक्षण थप प्रभावकारी हुने अपेक्षा गरेको बताए। उनले भने, ‘एआइको सही प्रयोगले शिक्षाको गुणस्तर उकास्न मद्दत पुग्ने रहेछ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *