वडाध्यक्षको निधनपछि बसबरिया गाउँपालिकामा शोक बिदा

डिसी नेपाल
११ पुष २०८१ १२:१६
104
Shares

सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका–३ का वडाध्यक्ष नन्दलाल महतोको ६९ वर्षको उमेरमा निधन भएको छ।

क्यान्सरबाट पीडित उनको उपचारका क्रममा बुधवार राति भरतपुरस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा निधन भएको हो।

महतोको आजै अन्तिम संस्कार गरिने बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायले बताए। उनी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।

महतोको निधनसँगै गाउँपालिकाले आज शोक बिदा दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *