गाडिएको अवस्थामा महिलाको शव फेला, श्रीमान् पक्राउ
जनकपुरधाम । धनुषामा गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।
जिल्लाको मिथिला नगरपालिका-३, हरिहरपुरकी अन्दाजी ५० वर्षीया रेशमीदेवी बिनको हत्या गरी गाडिएको अवस्थामा शव फेला परेको हो।
बुधबार साँझ रेशमीदेवीको घरको शौचालय पछाडि गाडिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु साहले बताएका छन्। हत्या आरोपमा प्रहरीले उनका श्रीमान् दशैया मुखिया बिनलाई पक्राउ गरेको छ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment