घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

डिसी नेपाल
११ पुष २०८१ १९:१७
276
Shares

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

बुढाथोकीले सवारीसाधन आवतजावत गर्न सहजीकरण गरिदिएबापत घुस लिइरहेको भन्ने सूचनाका आधारमा आयोगको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले सेवाग्राहीबाट रु २५ हजार घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो। उनीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

निज बुढाथोकीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु २५ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय माग दाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप–पत्रदायर गरिएको आयोगले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *