नक्कली डाक्टर बनेर लुटपाट
काठमाडौं । नक्कली डक्टर बनेर लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका-२ हरिटोल घर भइ हाल ललितपुरको ग्वार्को बस्ने ३० वर्षीय जितेन्द्र मण्डल रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुरस्थित पीआरसीबीबाट गएको टोलीले उनलाई नुवाकोटको पन्चकन्या गाउँपालिका-४ आरुखर्कबाट पक्राउ गरेको हो।
सामाजिक सञ्जाल फेसबुकबाट साथी बनाइ आफू डाक्टर भएको र उपचार गरिदिने भन्दै पीडितको घरमा गइ बेहोस बनाइ लुटपाट गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
एक जना पीडितको कोठाबाट उनले सुनका गहनासहित तीन लाख रुपैयाँ लुटेको उजुरीपछि प्रहरीले पक्राउ गरिएको जनाएको छ। पक्राउ परेका उनलाई थप अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment