ढुंगाखानीमा पुरिएर मजदूरको ज्यान गयो

डिसी नेपाल
१२ पुष २०८१ १६:०१
76
Shares

सल्यान । सल्यानमा ढुंगाखानीमा पुरिएर एक जनाको मुत्यु भएको छ। खानीबाट ढुंगा निकाल्दै गर्दा खसेको ढिस्कोले च्यापिएर कुमाख गाउँपालिका–७ सानी जिमाली बस्ने ४४ वर्षीय पोथे बोहराको मृत्यु भएको हो।

घरदेखि केही टाढा पर्ने डांङर पुज्ने डाँडास्थित सामुदायिक वनमा रहेको खानीबाट ढुंगा निकाल्दै गर्दा माथिबाट ढुंगासहित खसेको ढिस्कोले च्यापिएका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

शुक्रबार बिहान ९ बजे इलाका प्रहरी कार्यालय थारमारेको टोली घटनास्थलमा पुगेर ढिस्कोले च्यापिएर मृत्यु भएका बोहराको शव निकालेको थियो। उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *