काठमाडौंका दुई दर्जन विद्यालय नेपाली नामकरण गर्दै
सांकेतिक तस्बिर
काठमाडौं । काठमाडौं महानगरमा सञ्चालित दुई दर्जन संस्थागत विद्यालयले नेपालीमा नामकरणका लागि प्रक्रिया सुरु गरेका छन्।
महानगरको शिक्षा विभागले एक सूचना प्रकाशित गरी सम्बन्धित विद्यालयको साविकको नाम र परिवर्तन गर्न चाहेको नाम प्रकाशित गरेको छ।
विभागले ती विद्यालयले नयाँ राख्न चाहेको नाममा दाबी विरोध भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र लिखित निवेदन विभागमा पेस गर्न आग्रह गरेको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment