मुगुमा दोस्रो पटक हिमपात

डिसी नेपाल
१३ पुष २०८१ १४:५४
144
Shares

मुगु । हिमाली जिल्ला मुगुमा दोस्रो पटक हिमपात भएको छ। दोस्रो पटक हिउँ पर्दा स्थानीय कृषक हिउँदे अन्नबाली राम्रो हुनेभन्दै खुसी भएका छन्।

रारासँगै आसपासका बस्तीमा पनि हिमपात भएको छ। मुर्मा, कोटील्ला, सोबा लगायत बस्तीमा पनि हिमपात भएको छ।

मुगुम कार्मारोङ गाउँपालिकाको माथिल्लो क्षेत्र मुगु, डोल्फू, चितै, कार्ति किम्रीमा, सोरु, खत्याडका हिमाली बस्तीमा पनि हिमपात भएको छ। मुगुमा यो वर्ष दुई पटक हिमपात भएको स्थानीय बिर्ख रोकायाले बताए।

वर्षा र हिमपात नहुँदा चिन्तित देखिएका किसानहरु हिमपात हुन थालेपछि खुसी देखिएका छन्। हिमपातले अन्नबाली, फलफूल जडिबुटी राम्रो हुने किसानहरुको आशा गरेका छ।

हिमपातले पर्यटकीय स्थल रारा ताल आसपास हिमपात भएपछि कपास जस्तै सेताम्मे देखिएको छ। शुक्रबारदेखि मौसममा बदली भएर गएरातिबाट रारामा हिमपात भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुले जनाकारी दिएको छ। हिमपात भएपछि मुगुका हिमाल सेताम्य देखिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *