अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

डिसी नेपाल
१६ पुष २०८१ १४:३४
264
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सडक निर्माणका क्रममा उनीहरूले ३५ लाख ३९ हजार ३३१ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनीसहित गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङ, इन्जिनियर नवीन थापा, सबइन्जिनियर सूर्यप्रसाद पौडेल छन्।

सदरमुकाम व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण पौडेल, सचिव कृष्णप्रसाद काफ्ले, कोषाध्यक्ष हिमकुमारी केसी, अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतम, तत्कालीन इन्जिनियर सुदीप आचार्य, तल्लो बजार नाली तथा ढलान सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मंगलदेवी थापामगर, सचिव विष्णुकुमारी विक र कोषाध्यक्ष एकनारायण देवकोटाविरुद्ध मुद्दा दायर गरिएको छ।

आर्थिक वर्ष २०७५/०७६ र २०७६/७७ मा अर्जुनचौपारी गाउँपालिका–१ मा स्थानीय बजार क्षेत्रको ढलान बाटोमा गुणस्तरहीन कार्य गरेको भन्ने उजुरीपछि अख्तियारले उनीहरूमाथि अनुसन्धान थालेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *