काठमाडौंमा मनाइयो ‘धोती दिवस’

डिसी नेपाल
१७ पुष २०८१ १३:१८
84
Shares

काठमाडौं । काठमाडौंमा धोती दिवस मनाइएको छ। नयाँ वर्ष सन् २०२५ को अवसर पारेर जनमत पार्टीले धोती दिवस मनाएको हो।

जनमत पार्टीका अध्यक्ष सीके राउतसहित नेता कार्यकर्ताले माइतीघर मण्डलामा भेला भएर धोती दिवस मनाएका हुन्।

उनीहरूले ‘धोती हाम्रो शान हो, मधेशीको पहिचान हो’, ‘मधेशी एकता जिन्दावाद’, ‘धोती भैया भनेर हेप्न पाइँदैन’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *