कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्ट्रारमा डा. पाल नियुक्त
काठमाडौं । प्रधानमन्त्री एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले कृषि तथा वन विज्ञान विश्वविद्यालयको रिक्त रजिष्ट्रारमा प्रा. डा. पुष्करबहादुर पाललाई नियुक्त गरेका छन्। सोही विश्वविद्यालयमा कार्यरत डा. पाल पशु चिकित्साविज्ञ हुन्।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. शारदा थपलियाको सिफारिसमा कुलपति ओलीले आज डा. पाललाई नियुक्त गरेका हुन्। चितवनको रामपुरस्थित सो विश्वविद्यालयमा करिब चार हजार विद्यार्थी अध्ययनरत छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment