ढुंगा लागेर ज्यान गुमाएकी आमालाई देखेर बेहोस् रोहिणीको होस् फर्केन, आमासँगै अन्तिम संसकार

डिसी नेपाल
१७ पुष २०८१ १६:०२
1.6k
Shares

धनगढी । बझाङमा हृदय विदारक घटना घटेको छ। आमवगर भुवा टोलीकी ४१ वर्षीया स्वास्थ्य स्वयं सेविका पच्चकला जोशी शनिबार बेलुका थलारा गाउँपालिका-९ स्थित मालुमेला विद्यालय नजिकै सडकमा हिँडिरहेकी थिइन्।

लम्कि रहेका उनका पाइला गन्तव्य भेट्न नसकेरै अस्ताउन पुग्छन्। पञ्चकला हिँडिरहेको अवस्थामा माथिबाट खसेको ढुंगा लागेर घटना स्थलमै ज्यान गुमाउन पुग्छिन्।

उनको निधनले परिवारसँगै सिंगो गाउँ स्तब्ध हुन्छ। पञ्चकला सामाजिक कार्यमा सक्रिय थिइन्। गाउँ ठाउँमा कसैलाई गाह्रो अप्ठ्यारो पर्दा उनको सक्रियता र सहयोगी भाव झल्कि हाल्थ्यो।

उनको निधनको खबर २५ वर्षीया छोरी रोहिणीको कानमा पर्छ। रोहिणी अध्ययनको सिलसिलामा कैलालीको धनगढी बस्दै आएकी थिइन्। उनी घटना थाहा पाउने वित्तिकै बसमा आइतबार साँझ घर पुग्छिन्।

घर पुग्ने वित्तिकै विभत्स आमाको शव देखेर रोहिणीको होस उड्छ। बेहोस भएपछि स्वास्थ्यकर्मी बोलाएर घरमै उपचार गरिन्छ। स्लाइन पानी चढाएपछि केही बेर उनी होसमा आउँछिन्। तर, उनी फेरी बेहोस् हुन्छिन्।

सोमबार दिउँसो बेहोस अवस्थामै जिल्ला अस्पताल चैनपुरमा उपचारको क्रममा मृत्यु हुन्छ। आमाको अन्त्येष्टि नहुँदै छोरीको पनि मृत्यु भएपछि परवार र गाउँ थप शोकमा डुबेको छ।

सोमबार साँझ सेती नदीको आमबगर घाटमा आमाछोरीको एकैपटक दाहसंस्कार गरिएको छ।

दुई दशकदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्यरत पञ्चमालाको मृत्युमाथि छोरी रोहिणीलाई पनि गुमाउनुको पीडा थपिएको स्थानीय बताउँछन्। रोहिणी स्नातकतह तेस्रो वर्षमा अध्ययनरत थिइन्।

१५ दिनअघि मात्रै रोजगारीका लागि दुबई पुगेका जगतप्रशाद जोशी श्रीमतीको मृत्युपछि घर पुग्न नपाउँदै छोरीलाई पनि गुमाउँन पुगेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *