अस्मिताको “सौभाग्य मेरो जीवनको” मा लक्ष्मण र लक्ष्मी (भिडिओ)

डिसी नेपाल
१८ पुष २०८१ ११:४७
308
Shares

काठमाडौं। बेजिला फिल्मस् को निर्माणमा तयार भएको नयाँ म्युजिक भिडियो “सौभाग्य मेरो जीवनको” सार्वजनिक भएको छ।

यो प्रेमिल गीतमा गायक सुमन केसी र गायिका अस्मिता अधिकारीको सुमधुर स्वर रहेको छ। गीतको शब्द किशोर पोखरेलले लेखेका हुन् भने संगीत रमेश अन्जन कडरियाको रहेको छ । संगीत संयोजनको कार्य गायक सुमन केसीले नै गरेका हुन्।

भिडियोको निर्देशन लक्ष्मण पुन लक्सले कुशलतापूर्वक गरेका छन्। सहायक निर्देशकको रूपमा धर्मेन्द्र पुर्जाले साथ दिएका छन्। भिडियोमा लक्ष्मण पुन लक्स र लक्ष्मी पुर्जालाई प्रमुख पात्रका रूपमा देख्न सकिन्छ।

यस म्युजिक भिडियोको छायांकन गोविन्द बिष्टले गरेका हुन्, सम्पादन र कलर ग्रेडिङ सुप्रिम पराजुलीले गरेका हुन् । जापानका सुन्दर स्थानहरूमा छायांकन गरिएको यो भिडियोले दर्शकहरूको ध्यान आकर्षित गर्ने विश्वास गरिएको छ। बेजिला फिल्मस् को आधिकारिक युट्युब च्यानलमा भिडियो हेर्न सकिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *