ई-रिक्सामा यात्रु बोक्न छोडेर काँचा दाउरा बोक्नेको लर्को

डिसी नेपाल
१९ पुष २०८१ १४:२५
644
Shares

रौतहट । जाडो बढेसँगै रौतहटको जंगलमा काँचो साल काट्नेको लर्को लाग्न थालेको छ।

वन कर्मचारीले नियमित रुपमा गस्ती नगरेकाले पछिल्लो समय रौतहटमा वन काटिने क्रम तीव्र बढेको छ।

पछिल्लो समय यात्रु बोक्ने ई-रिक्सा र साइकलमा काँचा लाचरा काटेर बोक्नेको संख्या बढ्दै गएको हो। चाँदीखोला पूर्वको रेलवे ड्याममा दैनिक सयौं साइकल र रिक्सा बहाकलाई काँचा दाउरा काट्दै गरेको देख्न सकिन्छ।

जिल्लाको दक्षिणी भेगबाट साइकल, ई-रिक्सामा आउने सर्वसाधारणले रेलवे ड्याममा साइकल र ई-रिक्सा राखेर जंगलभित्र छिरी काँचा लाथ्रा काटेर लाने गरेको स्थानीयले बताएका छन्।

यात्रु बोक्नुपर्ने रिक्सा धेरै कमाई हुने लोभमा जंगल छिरेर काठ, दाउरा ल्याएर बिक्री गर्दै आएका छन्। एक रिक्सा दाउरा चन्द्रनिगाहपुर बजारमा ३५०० देखि ४००० सम्ममा बिक्री हुने गरेको बताइएको छ।

डिभिजन वन कार्यालय रौतहटका सहायक वन अधिकृत राजेश शाहले डिभिजन वन कार्यालयका कर्मचारीको आँखा छलेर रिक्सा र साइकलमा दाउरा लगेको हुन सक्ने बताएका छन्।

दाउरासहित फेला परेका रिक्सालाई वन कर्मचारीले जरिवना गरेर छाड्ने गरेको शाहले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *